आपराधिक अभियोगमा पूर्व राष्ट्रपति ट्रम्पलाइ उन्मुक्ति दिने सर्वोच्च अदालतको फैसला , अमेरिकीहरुको भयानक अपमान भएको बाइडेनको भनाई


प्रकाशित मिति : असार १८, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक अभियोगबाट आंशिक उन्मुक्ति दिने सर्वोच्च अदालतको फैसलालाई “खतरनाक उदाहरण“ को संज्ञा दिनुभएको छ ।

राष्ट्रपतिले यो फैसलाले “कानूनको शासन“ लाई कमजोर बनाएको र अमेरिकीहरूको लागि “भयानक अपमान“ भएको बताउनु भयो ।

यसअघि ट्रम्पले अदालतको निर्णयलाई लोकतन्त्रका लागि ‘ठूलो जित’ भएको बताउनु भएको थियो ।

नोभेम्बरको निर्वाचनमा ट्रम्पले जिते भने यसको गलत प्रयोग गर्न सक्ने पनि बाइडेनको भनाइ छ ।

सर्वोच्च अदालतले सन् २०२० मा ट्रम्पको राष्ट्रपतिकालमा भएको निर्वाचनको नतिजा उल्ट्याइएको मामिलालाई पुनः ट्रायल कोर्टमा पठाएको छ । जुन चुनावमा बाइडेन बिजयी बन्नुभएको थियो ।

पूर्वराष्ट्रपतिहरूलाई कानुनी कारबाहीमा केही हदसम्म छुट हुने पनि सर्वोच्च अदालतले बताएको छ । यस्तोमा नोभेम्बरअघि पूर्व राष्ट्रपति ट्रम्पविरुद्धको मुद्दामा सुनुवाइ हुने सम्भावना सकिएको छ । यो फैसला संगै ट्रम्प राष्ट्रपति बन्ने बाधा पनि हटेको छ ।

अदालतले पूर्व राष्ट्रपति भएकाले केही अभियोजन मुद्दामा ट्रम्पले उन्मुक्ति पाएको तर उहाँलाई अनधिकृत गतिविधिमा छुट नभएको सर्वोच्च अदालतले आफ्नो फैसलामा भनेको छ ।

वक्तव्यमा राष्ट्रपति बाइडेनले भन्नुभएको छ यो राष्ट्र अमेरिकामा राजाहरू छैनन् भन्ने सिद्धान्तमा स्थापित भएको हो । सबै कानूनको अगाडि समान छौं, कोही पनि कानूनभन्दा माथि छैन ।

बाइडेनले ट्रम्पलाई दंगा भड्काउने कथित भूमिकाको लागि मुद्दा चलिरहेको कुरालाई संकेत गर्नुभएको छ ।

ट्रम्पमाथि प्रमाणको अभावको बाबजुद मतदाता जालसाजीको अनुसन्धान सुरु गर्न अधिकारीहरूलाई दबाब दिएको आरोप लगाइएको छ ।

सर्वोच्च अदालतका तीन उदार न्यायाधिशहरूले सोमबारको निर्णयप्रति कडा असहमति जनाएका छन् । यो फैसलाको पक्षमा ६ जना न्यायधिसहरु थिए भने ३ जनाले असहमति जनाएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com