गाजामा हमास बिरुद्धको कारवाही अन्तिम चरणमा पुगेको नेतान्याहू को दावी


प्रकाशित मिति : असार १८, २०८१ मंगलबार

इजरायलले मङ्गलबार दक्षिणी गाजामा ताजा आक्रमण गरेको छ । चिकित्सा स्रोत र प्यालेस्टिनी रेड क्रिसेन्टका अनुसार साक्षीहरूले खान युनिस सहर र वरपर धेरै पटक आक्रमण भएको बताएका छन । जहाँ आठ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका थिए ।

हमासको साथमा लडेको आतङ्कवादी समूह इस्लामिक जिहादले दावी गरेको दुर्लभ रकेट प्रहार पछि यो बमबारी भएको हो ।

रकेटहरू गाजा सीमा नजिकै इजरायली समुदायलाई लक्षित गरिएको थियो । इजरायली सेनाले खान युनिसको क्षेत्रबाट पार गर्ने २० वटा प्रोजेक्टाइलहरू पहिचान गरिएको बताएको छ, जसमध्ये अधिकांशलाई रोकियो छ भने कुनै हताहत भएको छैन ।

यसैबिच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा रहेको बताउनु भएको छ ।

हमासको उन्मूलन पूरा गर्ने दिशामा अघि बढिरहेको नेतान्याहूले इजरायलको राष्ट्रिय सुरक्षा कलेजका क्याडेटसँगको बैठकमा उजागर गर्नु भएको हो ।

नेतान्याहुको कार्यालयका अनुसार, गाजा डिभिजनको भ्रमण गरी रक्षामन्त्री योव ग्यालेन्ट र सेनाका वरिष्ठ कमान्डसँग गाजामा इजरायलको नौ महिना लामो आक्रमण माथि सुरक्षा मूल्याङ्कन बैठक गरेको एक दिन पछि नेतन्याहुको यस्तो अनुमान आएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com