भारतमा धार्मीक कार्यक्रममा भएको भागदौडमा मृत्यु हुनेको संख्या १ सय नाघ्यो


प्रकाशित मिति : असार १८, २०८१ मंगलबार

भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १०० नाघेको छ ।

उत्तर प्रदेश प्रहरीले यसको पुष्टि गरेको छ । एडीजी कार्यालयका अनुसार धेरै ठाउँमा शव लगिएको छ ।खत्यसैले मृत्युको यकिन संख्या पछि थाहा पाउन समस्या भइरहेको छ ।

यसअघि हातरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले हातरस दुर्घटनामा करिब ६० जनाको मृत्यु भएको र १८ जना घाइते भएको जानकारी दिएका थिए ।

यस दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शी स्थानीय पत्रकारलाई बताएअनुसार कार्यक्रम सकिएपछि भोले बाबाको खुट्टाको धुलो उठाउन मानिसहरू दौडिए तर बाबा अर्को तर्फ जाँदा मानिसहरू त्यतातिर दौडे ।

यो प्रक्रियामा धेरै मानिसहरु सडकको छेउमा खसेर खाडलमा खसेर भागदौड मच्चियो, जसले गर्दा धेरै मानिसको ज्यान गएको थियो ।

कार्यक्रम सकिएपछि मानिसहरु निस्कन थालेपछि भागदौड मच्चियो र धेरै मानिस फसेका थिए । दिउँसो २ बजेतिर दुर्घटना भएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com