युरो कप फुटवलमा क्वाटरफाइनलको समिकरण पुरा , शुक्रबारदेखि नक आउट चरणका खेल सुरुहुने


प्रकाशित मिति : असार १८, २०८१ मंगलबार

जर्मनीमा जारी १७ औँ संस्करणको युरो कप फुटवलमा क्वार्टरफाइनलको समीकरण पूरा भएको छ । क्वार्टरफाइनलका खेल शुक्रबारदेखि सुरु हुनेछन् ।

बुधबार बिहान अन्तिम १६ अन्र्तगत टर्की र अष्ट्रियाबीचको खेल सकिएसँगै क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुङ्गो लागेको हो ।

प्रतियोगितामा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, नेरदल्याण्ड्स, टर्की, इङल्याण्ड र स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा पुगेका हुन् ।

अन्तिम १६ मा स्पेनले जर्जिया, जर्मनीले डेनमार्क, पोर्चुगलले स्लोभेनिया र फ्रान्सले बेल्जियमलाई हराएको थियो ।

यस्तै, नेरदल्याण्ड्सले रोमानिया, टर्कीले अष्ट्रिया, इंग्ल्याण्डले स्लोभाकिया तथा स्वीट्जरल्याण्डले इटालीलाई पराजित गरेका थिए ।

अब क्वार्टरफाइनलमा स्पेन र जर्मनी, पोर्चुगल र फ्रान्स, नेदरल्याण्ड्स र टर्की तथा इंग्ल्याण्ड र स्वीट्जरल्याण्डसँग खेल्ने छन् । एजेन्सीहरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com