केन्द्रीय समितिले नै केटी खोजेर बिहे गर भन्छ भने पनि तयार छु : महामन्त्री ढकाल


प्रकाशित मिति : असार १९, २०८१ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे विवाद उठाइएको भन्दै असन्तुष्टि पोखेका छन् । सभापति रवि लामिछानेले पेस गर्न नदिएको प्रतिवेदनमार्फत आफ्नो बिहा गर्ने–नगर्ने निर्णय केन्द्रीय समितिले गरिदिन आग्रह गरेका हुन् ।

आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि महामन्त्री ढकाल असन्तुष्ट बनेका छन् । उनले व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने समेत उल्लेख गरेका छन् ।

‘गल्फ्रेन्डको कुरा। मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि म तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठिक छ। तर निर्णय गरिदेओस्।’ – महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई लेखेको प्रस्तावमा उल्लखे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com