३० हजारभन्दा बढी बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारी बैंकका अध्यक्ष उप्रेती पक्राउ


प्रकाशित मिति : असार १९, २०८१ बुधबार

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । आठ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा काठमाडौंको बालाजुबाट उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो ।

उप्रेती आइडियल यमुना हाम्रो सहकारीका अध्यक्ष हुनुहुुन्छ ।

यमुनाको ३० हजारभन्दा बढी बचतकर्ताको बचत हिनामिना गरेको आरोप उप्रेतीविरुद्ध रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जाकारी दिनुभयो ।

एमालेको सहकारी तथा गरिबी निवारण विभाग सचिवसमेत रहेका उप्रेतीलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाएको थियो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पदमा उप्रेती स्थापनाकालदेखि नै रहनुभएको छ । उहाँले लामो समय सहकारी बैंकको प्रबन्धकको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो ।

दुई कार्यकाल राष्ट्रिय सहकारी महासंघमा पनि लेखा समिति संयोजकको भुमिकामा रहिसक्नु भएको बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com