अमेरिकामा बालिकाहरूको पहिलो महिनावारी समयपूर्व नै, असरबारे वैज्ञानिकहरु चिन्तित


प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

अमेरिकामा बालिकाहरूको पहिलो महिनावारी चाँडै हुने गरेको नयाँ अनुसन्धानले देखाएको छ । यसका लागि केही हदसम्म विषाक्त हावा जिम्मेवार रहेको बताइएको छ ।

केही दशकदेखि विश्वका विभिन्न देशका वैज्ञानिकहरूले अघिल्लो पुस्ताको तुलनामा बालिकाहरू कम उमेरमा युवावस्थामा प्रवेश गर्ने तथ्यलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् ।

बालिकाहरूको पहिलो महिनावारी भएपछि को समयलाई वैज्ञानिकहरूले रजस्वलाको उमेर भनेका छन् । यसपछि किशोरावस्थाका अन्य विशेषताहरू चाँडै आउन थाल्छन् भनेर बैज्ञानिकहरुले बताएका छन ।

अहिलेका अमेरिकी बालिकाहरूको महिनावारी एक शताब्दीअघिका किशोरीहरूको तुलनामा चार वर्ष पहिले सुरु हुन्छ ।

मे मा जारी गरिएको नयाँ तथ्याङ्कले सन् १९५० र १९६९ को बीचमा जन्मेका बालिकाहरूको महिनावारी सामान्यतया साढे १२ वर्षको उमेरमा सुरु भएको देखाएको थियो । तर सन् २००० को सुरुमा जन्मिएका बालिकाहरूको लागि यो औसत १२ बर्षअघि नै झरेको देखाएको छ ।

दक्षिण कोरियाली वैज्ञानिकहरूले बालिकाहरूमा समयपूर्व यौवनका लक्षणहरू कसरी देखा पर्न थालेको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

यी वैज्ञानिकहरूका अनुसार किशोरावस्थाको प्रारम्भिक अवस्थामा वा आठ वर्षको उमेर नपुग्दै महिनावारी हुने घटना सन् २००८ देखि २०२० सम्म १६ गुणा बढेको छ ।

अमेरिकाको एटलान्टास्थित एमोरी युनिभर्सिटीका एसोसिएट प्रोफेसर अड्रे गास्किन्स जस्ता अनुसन्धानकर्ताहरू मुख्य रूपमा चिन्तित देखिएका छन । उनीहरुका अनुसार युवावस्थाको प्रारम्भिक सुरुवातले अन्य धेरै कुराहरू पनि परिवर्तन गर्छ । त्यसले वयस्कतामा दूरगामी परिणामहरू ल्याउन सक्ने जोखिम छ ।

बिबिसी हिन्दीका अनुसार स्तन र पाठेघरको क्यान्सर, मोटोपना, टाइप २ मधुमेह र अन्य हृदय रोगहरूका कारण समयपूर्व यौवनको अबस्था आएको हुनसक्ने तर्फ बैज्ञानिकहरुले सचेत गराएका छन ।

क्यालिफोर्निया विश्वविद्यालयका जनस्वास्थ्यका प्राध्यापक ब्रेन्डा स्केनाजीका अनुसार यदि शरीरका कोशिकाहरू लामो समयसम्म एस्ट्रोजेन जस्ता सेक्स हर्मोनको सम्पर्कमा रहन्छन् भने ट्युमर बढ्ने जोखिम बढ्न सक्छ । किनभने यो हर्मोनले कोशिकाहरूको वृद्धि गराउँछ ।

उनी भन्छिन्, अमेरिकामा अवैध रूपमा गर्भपतन भइरहेको छ । गर्भनिरोधक साधन उपलब्ध छैन, यो डरलाग्दो अवस्था हो । यसले किशोर किशोरीहरूमा अनिच्छित गर्भधारणको संख्या बढाउने डरलाग्दो अबस्था रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com