टी–२० विश्वकप जितेर भारत टोली स्वदेश आइपुग्यो, आज मुम्बईमा विजय परेड हुने


प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

टी–२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली बार्बाडोसबाट भारत आइपुगेको छ । भारतीय टोली १६ घण्टाको लामो उडानपछि स्वदेश फर्किएको छ ।

बेरील आँधीका कारण टोली बार्बाडोसमा रोकिनुपरेको थियो । आँधीका कारण बार्बाडोसको विमानस्थल बन्द गरिएको थियो ।

टोली दिल्ली एयरपोर्टमा पुग्ने बित्तिकै उनीहरुको भव्य स्वागत गरिएको थियो । स्वागतका लागि विमानस्थलमा फ्यानहरु पहिल्यै देखि नै थिए ।

टोली एयरपोर्टबाट दिल्लीको आईटीसी मौर्य होटल पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार टीम इन्डियाले आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नेछ।

कप्तान रोहित शर्माले ट्वीट गर्दै जुलाई ४ मा साँझ ५ बजेदेखि टोलीले मुम्बईको मरिन ड्राइभ र वानखेडे स्टेडियममा विजयको उत्सव मनाउने परेड निकाल्ने जानकारी दिएका छन् ।

बार्बाडोसमा जुन २९ मा भएको अन्तिम टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको थियो । रोहित शर्माको कप्तानीमा भारतले १७ वर्षपछि टी–२० विश्वकप जितेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com