एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, महासचिवमा घनश्याम भुसाल


प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।

काठमाडौंमा जारी १० औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो ।

यस्तै, सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन हुनुभएको पार्टीका केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिनुभयो ।

महासचिवमा घनश्याम भुसाललाई पनि सर्वसम्मत चयन हुनुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com