३० हजार वर्षभन्दा बढी पुरानो धमिराको ढिस्का देखेर वैज्ञानिकहरु दङ्ग


प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

दक्षिण अफ्रिकाको सुख्खा क्षेत्रमा अहिले पनि धमिरा बसोबास गरिरहेको ‘धमिराको ढिस्का’ ३० हजार वर्षभन्दा बढी पुरानो भएको थाहा पाएपछि वैज्ञानिकहरू दङ्ग परेका छन् ।

स्टेलेनबोस्च विश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार नामाक्वाल्याण्डको बफेल्स नदी नजिकैका केही ढिस्का ३४ हजार वर्ष पुरानो भएका रेडियोकार्बनले अनुमान गरेको छ ।

अध्ययनको नेतृत्व गरेका विश्वविद्यालयको माटो विज्ञान विभागका वरिष्ठ प्राध्यापक मिचेल फ्रान्सिसले भन्नुभयो “ती पुराना थिए भन्ने हामीलाई थाहा थियो तर त्यति पुरानो थिए भन्ने कल्पना गरिएको थिएन ।” उहाँको शोधपत्र मे महिनामा प्रकाशित भएको थियो ।

ती ‘धमिरोका ढिस्को’ हरू युरोपका केही प्रारम्भिक गुफा चित्र कोरिनुभन्दा भन्दा पहिलेका थिए । लाखौं वर्ष पुरानो केही जीवाश्मीकृत धमिराको ढिस्कोहरू पनि पत्ता नलागेका होइनन् ।

यो अध्ययनभन्दा पहिले अहिले पनि धमिरा भेटिएका सबैभन्दा पुरानो ढिस्को ब्राजिलमा फेला परेको थियो र यो करिब चार हजार वर्ष पुरानो थियो । तिनीहरू अन्तरिक्षबाट देखिन्छन् ।

फ्रान्सिसका अनुसार नामाक्वाल्याण्डको ढिस्को ‘अपार्टमेन्ट कम्प्लेक्स’को धमिराको संस्करण हो र प्रमाणले ती धमिराका बस्तीहरूले त्यहाँ लगातार ‘धमिराको उपनिवेश’ हरू बसोबास गर्दै आएको देखाउँछ ।

धमिराकोे ढिस्को नामाक्वाल्याण्ड परिदृश्यको एक प्रसिद्ध विशेषता हो र कसैले पनि उनीहरूको प्राचिनताका बारेमा शङ्का गरेको थिएन ।

तर जव तिनीहरूको नमूना रेडियोकार्बन डेटिङको लागि हङ्गेरीमा विशेषज्ञहरूको अध्ययनका लागि पठाइयो यो निकै पूरानो भएको पुष्टि भएको छ ।

फ्रान्सिसले धमिराहरूले ढिस्कोमा के गरेका छन् भनेर हामीले राम्रो तयारी पछि अध्ययन गरेका थियौँ । तिनीहरू धेरै पट्यारलाग्दा क्षण पनि थिए भनेका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com