अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुग्यो


प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

कोपा अमेरिका फुटबलको सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिना पुगेको छ । शुक्रबार बिहान टेक्सासको एनआरजी स्टेडियममा इक्वेडरलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

अर्जेन्टिनाको सेमिफाइनलमा स्थान सुनिश्चित गर्न गोलकिपर इमिलियानो मार्टिनेज नायक बने । उनले टाइब्रेकरको सुरूवाती दुई प्रहार लाई गोल हुनबाट रोकका थिए ।
मार्टिनेजले सुरूवाती दुई प्रहार छेकेपछि अर्जेन्टिना टाइब्रेकरमा ४-२ ले विजयी हुँदै सेमीफाइनलमा पुग्न सफल भएको हो ।

कप्तान लियोनल मेसी टाइब्रेकरमा गोल गर्न चुके । मेसीको प्रहार क्रस बारमा लागेको थियो । मेसीको प्रहार सफल नभएपछि निराश छाएको मैदानमा मार्टिनेजले इक्वेडरको दुई प्रहार छेकेपछि भने उत्साह थपिएको थियो। निर्धारीत समयको खेल १ । १ को बराबरीमा टुंगिएको थियो।

समूह बी को उपविजेता बनेको इक्वेडर क्वाटरफाइनलबाट बाहिरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com