बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किदै , कियर स्टारमर प्रधानमन्त्री बन्ने


प्रकाशित मिति : असार २०, २०८१ बिहीबार

बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ । लेबर पार्टी सन् १९९७ पछि आफ्नो ठूलो जिततर्फ तीव्र गतिमा अघि बढिरहेको छ ।

प्रारम्भिक नतिजामा लेबर पार्टीले ३०७ भन्दा बढी सिट जितेको छ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले हालसम्म ६५ सिट मात्र जित्न सकेको छ । बहुमतका लागि ३२६ सिट भए पुग्छ ।

बेलायतको नयाँ प्रधानमन्त्री लेबर पार्टीका केयर स्टारमर हुन सक्नेछन् । स्टाररलाई जेरेमी कोर्बिनको स्थानमा २०२० मा लेबर पार्टीको नयाँ नेता चुनिएको थियो ।

बेलायतमा जम्मा ६५० सिटमध्ये लेबर पार्टीले ४१० सिट पाउने छ भने कन्जरभेटिभ पार्टी १३१ सिटमा सिमित हुने अनुमान गरिएको छ ।

को हुन त सर कियर स्टारमर ?

सर कियर स्टारमर अप्रिल २०२० मा लेबर पार्टीको नयाँ नेता चुनिएका थिए । स्टारमर ६१ वर्षका छन् । यसअघि जेरेमी कोर्बिनले बेलायतमा विपक्षी लेबर पार्टीको नेतृत्व गरिरहेका थिए । पेशाले वकिल रहेका स्टारमर सन् २०१५ मा पहिलो पटक सांसद बनेका थिए ।

लेबर पार्टीको नेताका लागि भएको चुनावमा स्टारमर पहिलो चरणको मतगणनामा ५० प्रतिशतभन्दा बढी मतले अगाडि थिए ।

लेबर पार्टीको नेता बनेपछि स्टारमरले भनेका थिए, ‘उनको उद्देश्य यो महान् पार्टीलाई नयाँ आशा र आत्मविश्वासका साथ नयाँ युगमा लैजाने थियो ।

पार्टीले जारी गरेको भिडियो सन्देशमा उनले भने, ‘म निर्वाचित हुनु मेरो लागि गौरव र सम्मानको कुरा हो र समय आएमा मजदुर पार्टीले फेरि एकपटक देशको सेवा गर्न सक्नेछ भन्ने विश्वास लिएको छु ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com