भूमध्यसागर पार गरेर युरोप जाने क्रममा ३० हजार आप्रवासीको मृत्यु भएको राष्ट्रसङ्घको भनाई


प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

शरणार्थी र आप्रवासीले अफ्रिका पार गर्ने स्थलमार्गमा चरम हिंसा, दुव्र्यवहार र शोषणको सामना गर्नुपरेको संयुक्त राष्ट्रसङ्घीय एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पछिल्लो एक दशकमा भूमध्यसागर पार गरेर युरोप जाने क्रममा करिब ३० हजार आप्रवासी मृत वा बेपत्ता घोषित भएका छन् ।

शरणार्थी र आप्रवासीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय र अनुगमन समूह मिक्स्ड माइग्रेसन सेन्टरको एक प्रतिवेदनअनुसार अफ्रिका हुँदै तटमा यात्रा गर्नेका लागि यो अझ खराब हुन सक्छ ।

शरणार्थी र आप्रवासीहरूसँग ३१ हजारभन्दा बढी अन्तर्वार्ताको आधारमा तयार रिपोर्टले २०२० जनवरीदेखि सन् २०२४ मेको बीचमा सहारा मरुभूमि पार गर्ने क्रममा एक हजार १८० व्यक्तिको मृत्यु भएको उल्लेख गरेको छ ।

तथ्याङ्कको अभाव भए तापनि प्रतिवेदन तयार पार्न खटेका निकायहरूले प्रत्येक वर्ष हजारौंको मृत्यु हुने गरेको बताएका छन् ।

मध्य र पश्चिमी भूमध्यसागरका लागि यूएनएचसीआरका विशेष दूत भिन्सेन्ट कोचेटेलले भन्नुभयो, साहारा पार गर्ने सबैका लागि, तपाईंले शवहरू देखेको, फ्याँकिएको प्रमाण पाउनुहुन्छ ।

हिँडडुल गर्नेहरूले यातना, फिरौतीका लागि अपहरण, मानव बेचबिखन, यौन हिंसा, डकैती, स्वेच्छाचारी हिरासत र सामूहिक निष्कासनको सामना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

मरुभूमि पार गर्ने आप्रवासीहरूलाई प्रायः मानव तस्करहरूले मरूभूमि क्षेत्रमा अलपत्र छोड्ने गरेको र बिरामी हुनेहरूलाई कहिलेकाहीं पिकअप ट्रकमा राखि फ्याँकिने गरेको पनि विवरणमा उल्लेख छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com