कन्जरभेटिभ पार्टीको पराजयपछि प्रधानमन्त्री सुनकले भने- ‘हारको जिम्मेवारी म लिन्छु’


प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

बेलायती आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीको पराजयपछि प्रधानमन्त्री ऋषि सुनकले १० डाउनिङ स्ट्रिट बाहिर राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उनले पार्टीको पछिल्लो केही दशकयताकै खराब प्रदर्शनका लागि राष्ट्रसँग माफी मागेका थिए । उनले भने, ‘हारको जिम्मेवारी म लिन्छु ।’

सुनकले कन्जरभेटिभ पार्टीले आफ्नो १४ वर्षको शासनकालमा हासिल गरेका उपलब्धिहरू उल्लेख गर्दै बेलायत सन् २०१० भन्दा बढी समृद्ध र स्वच्छ भएको बताए।

ऋषि सुनकले आफ्ना प्रतिद्वन्द्वी र बेलायतका आगामी प्रधानमन्त्री केयर स्टारमरको पनि प्रशंसा गरेका छन् । उनले स्टारमरको सफलतालाई सिंगो देशले बाँड्ने बताए ।

बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ ।

आम निर्वाचनमा लेबर पार्टीले ४१२ सिट प्राप्त गरेको थियो । संसदमा बहुमतका लागि ३२६ सिट चाहिन्छ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com