इरानका सुधारवादी मसूद राष्ट्रपतीमा निर्बाचित


प्रकाशित मिति : असार २२, २०८१ शनिबार

इरानका सुधारवादी उम्मेद्वार मसूद पेजेस्कियनले राष्ट्रपतीय चुनावमा जित हासिल गरेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

पेजेस्कियनले एक करोड ६० लाखभन्दा बढी र अल्ट्रा कन्जरभेटिभ सईद जलिलीले एक करोड तीन लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन अधिकारीका प्रवक्ता मोहसेन एस्लामीले बताउनुभयो ।

निर्वाचनमा ४९।८ प्रतिशत मतदान भएको थियो भने रद्द भएको मतपत्रको सङ्ख्या छ लाखभन्दा बढी रहेको थियो ।

हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएपछि त्यहाँ चुनाव भएको थियो ।

गत हप्ताको पहिलो चरणमा, पेजेस्कियन, अनुमति दिइएको एक मात्र सुधारवादीले सबैभन्दा धेरै ४२ प्रतिशत मत प्राप्त गरी विजय प्राप्त गरे ।
जलिली लगभग ३९ प्रतिशतको साथ दोस्रो स्थानमा आएको इरानको चुनाव प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

इरानको छ करोड १० लाख योग्य मतदातामध्ये ४० प्रतिशतले मात्र पहिलो चरणमा भाग लिएका थिए । सन् १९७९ को इस्लामिक क्रान्तिपछि भएको कुनै पनि राष्ट्रपतीय निर्वाचनमा सबैभन्दा कम मतदान हो ।

मुटुका शल्यचिकित्सक पेजेस्कियनले “इरानलाई अलगावबाट बाहिर निकाल्न” आणविक सम्झौतालाई पुनःजीवित गर्न पश्चिमी देशहरूसँग “रचनात्मक सम्बन्ध” का लागि आह्वान गर्नुभएको छ ।

जलिली इरानका पूर्वआणविक वार्ताकार भएकाले उहाँको असम्वद्ध पश्चिम विरोधी दृष्टिकोणका लागि व्यापक रूपमा चिनिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com