क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सुदृढ पारिने: द कोरिया
प्रकाशित मिति : भाद्र १९, २०७४ सोमबार
दक्षिण कोरियाले प्योङ्गयाङ्गबाट जोगाउने उद्देश्यले निर्मित अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई थप सुदृढ पारिने बताएको छ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले अमेरिकाले चाँडै दक्षिणी आधार क्षेत्रमा थप चार रकेट प्रहार गर्ने उपकरण जडान गर्ने बताएको छ।
तिनको उद्देश्य उत्तर कोरियाको बढ्दो परमाणु तथा क्षेप्यास्त्र जोखिमको सामना गर्नु रहेको छ।
उत्तर कोरियाले आइतबार हाइड्रोजन बम परीक्षण गरेको थियो।
उसले अब थप क्षेप्यास्त्र तथा अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने ठानिएको छ।