टर्कीलाई रोकेर नेदरल्यान्ड्स युरो कप को सेमिफाइनलमा पुग्यो


प्रकाशित मिति : असार २२, २०८१ शनिबार

नेदरल्यान्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम क्वार्टरफाइनलमा टर्कीमाथि २–१ को पुनरागमन जित निकाल्दै नेदरल्यान्ड्स अन्तिम चारमा पुगेको हो ।

यो सँगै युरो कपको सेमिफाइनल समिकरण पूरा भएको छ । नेदरल्यान्ड्सले सेमिफाइनलमा इङ्ग्ल्यान्डको सामना गर्नेछ ।

अकायदिनको गोलमा टर्कीले सुरुवाती अग्रता बनाएको थियो । तर स्टेफन डेभ्रिजले खेलको ७० औँ मिनेटमा गरेको गोलमा डच टोली खेलमा फर्किएको थियो ।
खेलको ७६ औँ मिनेटमा मर्ट मल्डुरको उपहार गोलमा नेदरल्यान्ड्सले अन्तिम चारको यात्रा तय गरेको हो ।

पहिलो सेमिफाइनलमा आउँदो बुधवार राति फ्रान्स र स्पेनले प्रतिश्पर्धा गर्नेछन ।

दोस्रो सेमिफाइनलमा बिहिवार राति इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सले खेल्नेछन् । युरो कप फुटबलको फाइनल खेल जुलाई १५ तारिखमा हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com