ब्राजिललाई हराउदै उरुग्वे कोपा अमेरिका फुटवलको सेमिफाइनलमा , फाइनलमा पुग्न कोलम्बियाको सामना गर्नुपर्ने


प्रकाशित मिति : असार २२, २०८१ शनिबार

ब्राजिललाई स्तव्ध बनाउदै उरुग्वे कोपा अमेरिका फुटवल २०२४ को सेमिफाइनलमा पुगेको छ ।

आइतबार बिहान सम्पन्न भएको क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउदै उरुग्वेले सेमिफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउट मार्फत नजिता निकालिएको हो ।

अब उरुग्वेले फाइनलमा पुग्नका लागि बिहिबार बिहान पौने ७ बजे कोलम्बियाको सामना गर्नुपर्ने भएको छ ।

यसअघि सम्पन्न भएको खेलमा कोलम्बियाले पनामा लाई ५-० को गोल अन्तरले हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

कोपा अमेरिकाको सेमिफाइनमा साबिक बिजेता अर्जेन्टीना र क्यानडा पुगिसकेका छन ।

क्वाटर फाइनलमा अर्जेन्टीनाले इक्वेडर र क्यानडाले भेनेजुयतालाई हराएका थिए । उनीहरुबिचको पहिलो सेमिफाइनल खेल बुधबार बिहान पौने ६ बजे सुरु हुनेछ ।

फाइनल खेल भने असार ३१ गते हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com