कास्कीमा पहिरोमा पुरिएर एकै परिवारका ७ जनाको ज्यान गयो
प्रकाशित मिति : असार २७, २०८१ बिहीबार
पहिरोले पुरिएर कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ ।
बिहिबार राति खसेको पहिरोले पुरिएर पोखरा–महानगरपालिका वडा नम्बर १२ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर ८५ वर्षीया लक्षिमा परियार , छोरा ४७ वर्षीय कुलबहादुर परियार, बुहारी ४३ वर्षीया मनकुमारी, नातिनीहरु १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्न राधिका परियारको ज्यान गएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी गराउनु भएको हो ।
छोरीज्वाइँसहित सबै परिवार नै घरमा जम्मा भएको बेला पहिरोले घर पुरेको हो ।
राधिकाको उद्धारको क्रममा खटिएकै बेला मृत्यु भएको हो ।