प्रधानमन्त्री प्रचण्डले बिश्वासका मत लिदै , नयाँ सरकारको लागि आजै दावी पेश गर्ने कांग्रेस एमालेको तयारी


प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदै हुनुहुन्छ । प्रधानमन्त्री नियुक्त भएको साढे १ बर्ष बिचमा प्रधानमन्त्रीले शुक्रबार बिश्वासको मत पाँचौ पटक लिन लाग्नु भएको हो ।

सरकारलाई समर्थन गरेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि संबिधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले बिश्वासको मत लिन लाग्नु भएको हो । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ।

असार १७ गते राती संंसदमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोश्रो ठुलो दल नेकपा एमाले बिच मिलेर सरकार चलाउने सहमति भएपछि प्रधानन्त्री प्रचण्डले बिश्वासको मत पाउने संभावना देखिदैन ।

सरकारको पक्षमा अहिले रास्वपा र एकिकृत समाजबादी मात्रै देखिएका छन । २७५ सदस्यीय प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले विश्वास मत पाउन कम्तिमा १३८ सांसदले पक्षमा मतदान गर्नुपर्छ। तर प्रधानमन्त्रीको पक्षमा माओवादीका ३२, रास्वपाका २१ र एकीकृत साजवादीका १० गरी ६३ मत मात्रै छ।

नेपाली कांग्रेस र नेकपा (एमाले)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। राप्रपा, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतका पार्टीहरूले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्। बिश्वास पाउन १३८ सांसदको समर्थन चाहिन्छ ।

संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिकतर्फ एक सय १० गरी कुल दुई सय ७५ सदस्यीय रहेको छ ।

प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाबमोजिम उहाँ पदमुक्त हुनुहुनेछ र त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

नयाँ सरकार गठनको लागि आजै दाबी पेस गर्ने कांग्रेस र एमालेको तयारी छ ।

माओवादी नेताहरूले विश्वासको मत पाउन नसके नयाँ सरकार गठनका लागि धारा ७६ को उपधारा ३ को प्रक्रियामा जाने तर्क गर्दै आएका छन् ।

तर कांग्रेस र एमालेले संविधानको धारा ७६ को उपधारा २ बमोजिमकै सरकार बनाउने पहल गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com