बैङ्ककको होटलमा ६ जना भियतनामी मृत अबस्थामा भेटिए


प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार

मध्य बैङ्ककको एक लक्जरी होटलको कोठामा छ जना विदेशी नागरिक मृत भेटिएका छन ।

थाइल्यान्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले दिनुभएको जानकारी अनुसार बैङ्ककको होटलको कोठामा विष सेवन गरेको आशङ्कामा छ जनाको शव फेला परेको हो ।

प्रहरीले उनीहरूलाई विष खुवाइएको आशङ्का गरेको छ । सङ्घर्षको कुनै सङ्केत थिएन प्रधानमन्त्री श्रेथाले पथुम वान जिल्लाको ग्रान्ड हयात इरावन होटलमा पत्रकार सम्मेलनमा भन्नुभयो ।

उनीहरूले केही खाएका थिए कि भन्नेबारे हामीले शव परीक्षण गर्न आवश्यक छ । उहाँले उनीहरूको मृत्यु चोरीसँग सम्बन्धित थियो र गोलीबारी भएको थियो भन्ने हल्लालाई खारेज गर्नुभयो ।

प्रधानमन्त्रीका अनुसार मृतक छ जना भियतनामी थिए । तीमध्ये दुई जनासँग दोहोरो अमेरिकी राष्ट्रियता थियो । सफाई कर्मचारी पाँचौँ तलामा कोठा बनाउन आइपुग्दा शव फेला पारेका थिए ।

उहाँले उक्त घटनामा सातौँ भियतनामी संलग्न रहेको आशङ्का गर्नुभयो । प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै सङ्केत पाइएको छैन । उहाँले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गर्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com