अष्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, जून महिनामा ४ दशमलव १ प्रतिशत पुग्यो


प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार

अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४ दशमलव १ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४ दशमलव ० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार गत मे – जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो । सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्वि भएको हो ।

सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । जसको सङ्ख्या मे महिनामा ६६ दशमलव ८ प्रतिशतबाट बढेर जूनमा ६६ दशमलव ९ प्रतिशत पुगेको छ ।

जुन महिनामा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७ दशमलव ० प्रतिशतको ऐतिहासिक उच्च भन्दा ० दशमलव १ प्रतिशत मात्र कम रहेको एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले विज्ञप्ति मार्फत उल्लेख गर्नु भयो ।

समग्रमा अस्ट्रेलियामा छ लाख आठ हजार २०० बेरोजगार व्यक्तिहरू जुन महिनामा सक्रिय रूपमा काम खोज्दै गरेको जार्विसले जनाउनु भयो । यसै गरी बेरोजगारहरु सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढेता पनि कोभिड–१९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उहाँले उल्लेख गर्नु भयो ।

बेरोजगारी दर गत वर्ष जुन महिनाको तुलनामा ० दशमलव ५ प्रतिशत बढी र सन् २०२० मार्च को तुलनामा १ दशमलव १ प्रतिशतले कम रहेको उहाँले जनाउनु भएको छ ।

एबीएसको तथ्याङ्क अनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या मे –जुन महिनाको बिचमा ० दशमलव ८ प्रतिशतले बढेको छ ।

बिरामी भएकाले ४ दशमलव ५ प्रतिशत अष्ट्रेलियालील जून माहिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको जार्विसले बताउनु भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com