अमेरिकी पत्रकार गेर्शकोभिचलाई रुसमा १६ वर्षको कारागार सजाय , आरोप यस्ता छन


प्रकाशित मिति : श्रावण ४, २०८१ शुक्रबार

रुसको एक अदालतले ‘जासुसी’ गरेको आरोपमा अमेरिकी पत्रकारलाई १६ वर्षको कारागार सजाय सुनाएको छ । अदालतको उक्त फैसला तीन साताभन्दा धेरै गुप्त अदालती कारवाहीपछि आएको हो । यसलाई वासिङ्टनले ‘जालसाजी’ भनेको छ ।

पहिला नै दोषी ठहर नगरिएसम्म कैदीहरूलाई अन्तर्राष्ट्रियस्तरमा आदानप्रदान नगर्ने रुसको नीति छ । यसबाट सम्भावितरूपमा ३२ वर्षीय अमेरिकी संवाददाता इभान गेर्शकोभिचलाई एक सम्झौतामा अदलाबदली गर्न मार्ग प्रशस्त गर्दछ ।

कालो ट्राउजर र टि–सर्ट लगाउनुभएका गेर्शकोभिचले प्रतिवादीको कठघरामा उभिएर सजायप्रति कुनै प्रतिक्रिया व्यक्त गर्नुभएन । आफूलाई लैजाँदा उहाँले पत्रकार साथीहरूलाई हात हल्लाउनुभयो ।

आफूलाई निर्दोष बताउने वाल स्ट्रिट जर्नलका संवाददाता गेर्शकोभिच शीत युद्धपछि रुसमा जासुसीको आरोप लगाइएका पहिलो पत्रकार बन्नुभएको छ ।

उहाँलाई सन् २०२३ मार्चमा रुसी सहर येकातेरिनबर्गमा हिरासतमा लिइएको थियो । उहाँले संयुक्त राज्य सरकारको आरोपका आधारमा करिब १६ महिना हिरासतमा बिताउनुभयो ।

उहाँको रोजगारदाताले आरोपलाई मनगढन्ते भनेको छ । प्रेस अधिकार समूह रिपोर्टर्स विदआउट बोर्डर्सले सजायलाई ‘अपमानजनक’ भन्दै गेर्शकोभिचलाई तुरुन्त रिहा गर्न आह्वान गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com