अमेरिकाले भन्यो : चीनले रुसलाई सहयोग गरेर राम्रो गरिरहेको छैन


प्रकाशित मिति : श्रावण ५, २०८१ शनिबार

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले उत्तर कोरिया, इरान र चीनले युक्रेनमा जारी युद्धका बीच रूसलाई सहयोग गरेको भन्दै यसप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ ।

जुलाई १९ मा ‘एस्पेन स्ट्राटेजी ग्रुपले आयोजना गरेको एक फोरममा ब्लिन्केनले भन्नुभयो, “रूससँग नजिकबाट काम गर्नु र युक्रेनमा उसको युद्धलाई निरन्तरता दिन मद्दत गर्नु विशेष गरी चीनंको प्रतिष्ठाका लागि राम्रो होइन ।

अमेरिकाले उत्तर कोरिया र रूसबीच बढ्दो सैन्य गठबन्धन र रूसको रक्षा औद्योगिक आधारलाई चीनको समर्थनप्रति बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ ।

विदेशमन्त्रीले अमेरिकाले देशहरूलाई एक ठाउँमा ल्याएको र ‘रूसमाथिको दबाबलाई सामूहिक रूपमा थपेको’ बताउनुभएको छ । उहाँले अगाडि भन्नुभयो यसले रूसको अर्थतन्त्र र रूसको भविष्यमा व्यापक भार पार्छ र यो बढ्दो छ।

उत्तर कोरिया र इरानले जस्तो बेइजिङले मस्कोलाई हतियार नदिएको तर रूसको रक्षा औद्योगिक अड्डाका लागि जानकारी उपलब्ध गराएकाले चीनले चुनौती खडा गरेको अमेरिकी विदेशमन्त्री ब्लिन्केनले बताउनुभयो ।

रूसले आयात गर्ने मेशिन औजारमध्ये ७० प्रतिशत चीनबाट आयात हुन्छ भने ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक्स चीनबाट आउँछ र त्यो रक्षा औद्योगिक आधारमा जाँदैछ र मिसाइल, ट्याङ्क र अन्य हतियारमा परिणत हुँदैछ ब्लिन्केनले भन्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com