मृत आमाको कोखबाट नवजात शिशुको जन्म, कसरी संभव भयो


प्रकाशित मिति : श्रावण ५, २०८१ शनिबार

man in white dress shirt wearing white goggles

इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै उद्धार गरिएको गाजास्थित एक अस्पतालले शनिबार जनाएको छ ।

हमास प्रशासित क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा एकै परिवारका छ सदस्यसहित २४ जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यसमा एक नौ महिनाकी गर्भवती ओला अदनान हर्ब अल कुर्द पनि रहेको बताइएको छ ।

सर्जन अकरम हुसेनका अनुसार कुर्द अल अवदा अस्पताल पुग्दासम्म मृत्यु भइसकेको थियो ।

चिकित्सकहरूले आमाको मृत्यु भइसकेको थाहा पाएपछि अल्ट्रासाउन्ड गर्दा बच्चाको मुटुको धड्कन चलिरहेको पाएपछि तत्काल शल्यक्रिया गरी पेटभित्रको नवजात शिशुलाई सकुशल उद्धार गरेका थिए ।

चिकित्सक र स्वास्थ्यकर्मीको उपलब्ध टोली ले तुरुन्तै आपतकालीन शल्यक्रिया गरी भ्रूणलाई सकुशल मृत आमाको पेटबाट निकाल्न सफल भएका छौँ,” ती सर्जन हुसेनले एएफपीसँग भन्नुभयो ।

अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागका प्रमुख रैद अल साउदीका अनुसार नवजात शिशुको अवस्था सुरुमा गम्भीर थियो, तर अक्सिजन र उपचारपछि उनको उपचार स्थिर छ ।

मध्य गाजास्थित नुसिरात शरणार्थी शिविरमा इजरायली क्षेप्यास्त्र प्रहारबाट कुर्दसहित तीन महिला र एक बालकको मृत्यु भएको अल अवदा अस्पतालका एक मेडिकल अधिकारीले बताएका छन ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि हमासमाथि दबाब बढाउन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दिएको आदेशअनुसार इजरायलले उक्त क्षेत्रका विभिन्न भागमा आक्रमण तीव्र पारेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com