पूर्वमन्त्रीको सर्लाहीमा हत्या , अनुसन्धान भइरहेको प्रहरीको भनाई


प्रकाशित मिति : श्रावण ६, २०८१ आईतबार

पूर्वमन्त्रीको सर्लाहीमा हत्या भएको छ । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको चन्द्रपुर गाउँपालिका वडा नम्बर १ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको आइतबार राति हत्या भएको हो ।

घटनास्थल पुगेको प्रहरीले उहाँलाई कोठाभित्र मृत अवस्थामा भेटाएको थियो । रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ। उनको टाउकोको बायाँ भागमा चोट छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठका अनुसार हत्या भएको खबर आइतबार राति १ बजे प्रहरीसमक्ष पुगेको थियो ।

अनुसन्धानका लागि तालिमप्राप्त कुकर पनि परिचालन गरिएको छ ।

चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार पूर्व राज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आउनु भएको थियो ।

उहाँ लामो समयदेखि परिवारसहित सदरमुकाम मलंहवा बस्दै आउनु भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com