लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त , उपाध्यक्ष र महासचिब बिचको गुटबन्दी सतहमा


प्रकाशित मिति : श्रावण ७, २०८१ सोमबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिक एमाले संसदीय दलका उपनेता आचार्यले मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको प्रबक्ता धर्मा अर्याल बेल्बासे ले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

नयाँ सरकार गठनका लागि नेकपा एमाले संसदीय दलका उपनेता आचार्यले आज मुख्यमन्त्री पदमा दाबी पेस गर्नुभएको थियो ।

उपनेता आचार्यले प्रदेशसभामा रहेका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको थियो ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो ।

प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न प्रस्तावित मुख्यमन्त्री आचार्यसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले संसदीय दलका प्रमुख सचेतक तुल्सी चौधरीलगायतका सदस्यहरू पुग्नु भएको थियो ।

बुधबार बिहान ८ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम हुने एमाले प्रमुख सचेतक चौधरीले जानकारी दिनुभयो ।

नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम र उनीहरुको जिम्मेवारी एकैपटक टुङ्गो लगाइने गरी सरकारमा सहभागी दलहरुबीच छलफल भइरहेको मुख्यमन्त्री पदका प्रस्तावित नेता आचार्यले जानकारी दिनुभयो ।

अर्घाखाँचीको निर्वाचन क्षेत्र १ को क बाट निर्वाचित आचार्यले यसअघि आन्तरिक मामिला तथा कानुन, ग्रामीण खानेपानी तथा सहरी विकास र आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

एमाले संसदीय दलका उपनेता मुख्यमन्त्री बन्दा संसदीय दलका नेता लिला गिरी भने बञ्चित हुनु परेको छ ।

बिहान सम्म मुख्यमन्त्रीमा गिरीले नै दाबी पेश गर्नेगरी तयारी भइरहेको थियो । तर केन्द्रबाट मुख्यमन्त्रीमा आचार्यलाई अगाडि बढाउने निर्देशन आएपछि रोकिनु परर्यो ।

गिरी एमाले उपाध्यक्ष बिष्णु प्रसाद पौडेल निकट मानिनुहुन्छ । नब नियुक्त मुख्यमन्त्री आचार्य महासचिब शंकर पोखरेल निकट मानिनुहुन्छ ।

एमालेको प्रदेश अधिबेशनको बेला लिला गिरी पाल्पाका राधाकृष्ण कंडेलको पक्षमा उभिनु भएको थियो ।

पार्टी भित्रको महासचिव शंकर पोखरेलको समर्थन भने प्युठानका हरि रिजालको पक्षमा रहेको थियो । सो अधिबेशनमा रिजाल २ मतले पराजित हुनुभएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com