अन्तरिक्ष स्टेशन स्थापना गर्ने भारतको तयारी


प्रकाशित मिति : श्रावण ८, २०८१ मंगलबार

भारतमा अन्तरिक्ष अर्थव्यवस्था विस्तार गर्न एक हजार करोड कोषको घोषणा गरिएको छ ।

चन्द्रयान–३ मिसनको सफल समापनपछि वित्तमन्त्री निर्मला सीतारमणले मङ्गलबार अन्तरिक्ष अर्थव्यवस्थाको पाँच गुणा विस्तार गर्न एक हजार करोड भारतीय रुपैयाँ को उद्यम पूँजी कोषको स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

सन् २०२३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल सफ्ट ल्यान्डिङ र भारतको पहिलो सौर्य मिसन आदित्य–एल १ को सफल प्रक्षेपण गरेर भारतले नयाँ उचाइमा पुगेको छ ।

यी कोसेढुङ्गाहरूले विश्व अन्तरिक्ष अर्थतन्त्रमा भारतको स्थान सुरक्षित गर्नुका साथै भारतको निजी अन्तरिक्ष क्षेत्रका लागि इन्जिनहरूलाई बढावा दिएको छ ।

भारतले अब सन् २०३५ सम्ममा भारतीय अन्तरिक्ष स्टेशन स्थापना गर्ने र सन् २०४० सम्ममा चन्द्रमामा पहिलो भारतीय पठाउने लक्ष्य राखेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com