भयानक विमान दुर्घटनामा परी बाच्न सफल पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त


प्रकाशित मिति : श्रावण १०, २०८१ बिहीबार

बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा अपचाररत पाइलट शाक्यको ढाडको हड्डी भाँचिएको बताइएको छ । उनी अहिले आईसीयूकक्षमा उपचाररत छन् ।

शाक्यको अवस्था खतरामुक्त रहेको र परिवारसँग भेटघाट तथा बोलचाल गरिरहेको केएमसी अस्पतालले जनाएको छ ।

बुधबार साँझ नै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइलट शाक्यलाई भेट गरेका थिए । भेटपछि प्रधानमन्त्री ओलीले पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएका थिए ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने जीवितै उद्धार गरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com