उपराष्ट्रपति ह्यारिस भन्नुहुन्छ : अमेरिकी झण्डा जलाउनु घृणित र अपमानजन्य कार्य


प्रकाशित मिति : श्रावण १०, २०८१ बिहीबार

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार अमेरिकी काङ्ग्रेसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सम्बोधनको विरोधमा प्रदर्शनकारीले अमेरिकी झण्डा जलाएको कार्यलाई घृणित र अपमानित कार्य भएको बताउनुभएको छ ।

डेमोक्र्याटिक राष्ट्रपति उम्मेद्वारले कडा रूपमा भन्नुभयो ,“म अमेरिकी झण्डा जलाएको निन्दा गर्दछु । झण्डा एक राष्ट्रको रूपमा हाम्रो सर्वोच्च आदर्शहरूको प्रतीक हो र यसलेअमेरिकाको प्रतिज्ञालाई प्रतिनिधित्व गर्दछ । यसलाई जलाएर कहिल्यै अपवित्र गर्नु हुँदैन ।“

प्रधानमन्त्री नेतान्याहूले गाजा द्वन्द्वको विषयमा अमेरिकी काङ्ग्रेसमा दिएको असम्बद्ध भाषणबाट आक्रोशित हजारौँ प्रदर्शनकारीहरूले बुधबार अमेरिकी राजधानीमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूको एउटा समूहले राजधानी नजिकैको रेल स्टेसन बाहिर भेला भएर प्रधानमन्त्री नेतान्याहुको पुतला र अमेरिकी झण्डा जलाएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com