रुसी पनडुब्बीलाइ ब्ल्याक सी मा डुबाइदिएको युक्रेनको दावी


प्रकाशित मिति : श्रावण १९, २०८१ शनिबार

युक्रेनी सेनाले क्रिमियाको बन्दरगाहमा पार्क गरिएको रुसी पनडुब्बीमाथि आक्रमण गरी डुबाएको दाबी गरेको छ ।

युक्रेनका जनरल स्टाफले विज्ञप्ति जारी गरी २०१४ मा लन्च गरिएको रुसको किलो वर्ग युद्ध पनडुब्बी रोस्तोभ–अन–डोन शुक्रबार क्षेप्यास्त्र आक्रमणबाट डुबेको बताएको हो ।

रुसी पनडुब्बी रोस्तोभ–अन–डोनमा शुक्रबार बन्दरगाह सहर सेभास्टोपोलमा युक्रेनी सेनाले हमला गरेको थियो ।

यो पनडुब्बी रुसको ब्ल्याक सीमा सञ्चालनमा रहेका चार पनडुब्बीमध्ये एक हो । कालो सागरमा रुसद्वारा संचालित फ्लीट क्यालिबर क्रुज मिसाइल प्रहार गर्न यो पनडुब्बी सक्षम छ ।

युक्रेनको यो दाबीका बिषयमा रुसको रक्षा मन्त्रालयले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

युक्रेनी अधिकारीहरुका अनुसार यस हमलामा रुसले गैरकानुनी रुपमा कब्जा गरेको क्षेत्रको सुरक्षा गर्दै आएका चार एस-400 वायु रक्षा प्रणाली पनि ध्वस्त पारिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com