मनसुनजन्य विपदबाट १ सय ५४ को मृत्यु


प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार

यसवर्षको मनसुनजन्य विपदबाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरालगायत विपदबाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

विपदबाट ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन् ।

बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् । दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुई÷दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com