महिलाको फेसबुक ह्याकगरी श्रीमान श्रीमतीका कुराकानी सार्बजनिक गरिदिने पक्राउ


प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार

विदेशमा बसेर महिलाको फेसबुक ह्याकगरी साइबर अपराध गर्ने एक व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर रहेका छन् ।

उनी साइबर अपराध गर्दाका समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुलेको ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

थापाले पीडितको फेसबुक ह्याकगरी उनको म्यासेञ्जरमा पीडित र उनका श्रीमानबिच भएका कुराकानीलगायत सामग्री सङ्कलनपश्चात् नक्कली एकाउन्ट बनाइ ती म्यासेज पीडितका आफन्तका म्यासेन्जरमा पठाएर साइबर अपराध गरेका खुल्न आएको पनि उहाँले बताउनुभयो ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्तागरी प्रहरी अनुसन्धानपश्चात् सजायको माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा मिसिल पेस भएको थियो ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा वैदेशिक रोजगारीमा रहेका प्रतिवादी थापा स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा ब्युरोको टोलीले पक्राउगरी सार्वजनिक गरेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com