नाग पूजा गरेर मनाइयो नागपञ्चमी


प्रकाशित मिति : श्रावण २५, २०८१ शुक्रबार

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइएको छ । आज बिहानै गुरु पूरोहीतहरुले यजमानका घरघरमा पुगेर मूलद्वारामा नागको प्रतिमा अङ्कीत तस्वीर टाँसेर पूजाअर्चना गरेका छन् ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नागपञ्चमीका अवसरमा आज काठमाडौँका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गर्न भक्तजनको घुइँचो लागेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com