पद्मसंभवको २९०० औं जन्मजयन्ती मनाउँदै बौद्ध धर्मावलम्बी (१० तस्वीरमा)


प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार

बौद्ध धर्मावलम्बीहरुले गुरु पद्मसंभवको २९०० सयौं जन्मजयन्ती मनाउँदैछन् । तिब्बती पात्रो मेन्चि खाङ अनुसार गुरु पद्यमसंभवले २९०० वर्ष अगाडि जन्म लिएको मानिन्छ ।

बौद्ध धर्मावलम्बीले पद्मसंभवको जन्मदिन विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् । पद्मसंभवको जन्मोत्सव तीन दिनसम्म मनाउने गरिन्छ ।

गोदारीको ञिङमा जोग्छेन श्री सिंह गुम्बा (रातो गुम्बा) मा आयोजना गरिएको कार्यक्रममा विभिन्न देशबाट बौद्ध धर्मावलम्बीहरु उपस्थित भएकाछन् ।

पद्मसंभवको जन्मोत्सव मनाउन भनेर गुम्बामा ताइवान, रुस, चीन, स्टोनिया, जापान, अमेरिका लगायतका देशबाट बौद्ध धर्मावलम्बीहरु आएकाछन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com