जवाफहरू व्यवस्थित गर्न नयाँ सुविधा लन्च गर्ने सामाजिक सञ्जाल एक्सको घोषणा


प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार

सामाजिक सञ्जाल एक्स प्लेटफर्मले आइओएस प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा सुरु गर्ने घोषणा गरेको छ ।

आइओएस एप्पलले आफ्नो यन्त्रहरूमा प्रयोग गर्ने अपरेटिङ सिस्टम हो । यो पहिलो आई–फोन सन् २००७ मा सुरु भएको थियो ।

यसले प्राप्त सन्देशहरूलाई व्यवस्थित गर्न र प्राथमिकताअनुसार क्रमबद्ध गर्न मद्दत गर्छ ।

यो नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई प्रतिक्रियाहरूमा देखापर्ने सामग्री नियन्त्रण गर्न र ट्वीटमा सबैभन्दा महत्त्वपूर्ण प्रतिक्रियाहरू पनि निर्धारणमा सहयोग पुग्नेछ ।

यद्यपि, यस सुविधाको नकारात्मक पक्ष भनेको सन्देशहरू क्रमबद्ध गर्न छनोट गरिएका सेटिङहरू सुरक्षित हुँदैनन् ।

त्यसकारण, प्रयोगकर्ताहरूले प्रत्येक ट्वीटको लागि सेटिङहरू समायोजन गर्नुपर्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com