चीनका युवाले रोजगारी पाउन छाडे , गुजारा चलाउनै समस्या


प्रकाशित मिति : भाद्र १, २०८१ शनिबार

चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७ दशमलव १ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । जुन यस वर्षकै सबैभन्दा उच्च हो ।

राष्ट्रिय तथ्याङ् विभागको तथ्याङ्क अनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरुको बेरोजगारी दर जुन महिनामा १३ दशमलव २ प्रतिशत रहेको थियो ।

युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरू मध्ये एउटा हो ।

एनबीएसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशमा २५–२९ वर्ष उमेरका युवामा बेरोजगारी दर अघिल्लो महिना ६ दशमलव ४ प्रतिशतबाट बढेर जुलाईमा ६ दशमलव ५ प्रतिशत पुगेको छ ।

यसै सन्दर्भमा राष्ट्रपति सी जिनपिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई शीर्ष प्राथमिकता राखेर अगाडी बढ्नु पर्ने बताउनुभएको छ ।

जुन महिनामा ११ दशमलव ८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com