अष्ट्रेलियाको सिड्नीबाट २१ दिनदेखि सम्पर्कबिहीन काभ्रेका सुवास मृत भेटिए


प्रकाशित मिति : भाद्र १, २०८१ शनिबार

अष्ट्रेलियाको सिड्नीबाट सम्पर्कबिहीन भएका काभ्रेको पाँचखाल नगरपालिका– ७ घर भएका सुवास बोलखे मृत भेटिएका छन् ।

अष्ट्रेलियाको सिड्नीको दक्षिणी भागबाट २१ दिन देखि सम्पर्कबिहीन भएका २८ वर्षीय सुवास मृत भेटिएको पाँचखाल नगरपालिकाका प्रवक्ता संजय तामाङले पुष्टि गर्नुभयो । उनको शव सिड्नीको समुद्री तटमा फेला परेको हो ।

२८ वर्षीय सुवास अन्तिम पटक बेक्सलेमा २७ जुलाई बेलुका ८ बजे देखिएका थिए ।

सुवास बेपत्ता भएपछि सेन्ट जर्ज पुलिस एरिया कमाण्डका अधिकारीहरूलाई अगस्ट २ तारिखमा खबर गरिएको थियो । त्यसपछि प्रहरीले खोजी सुरु गरेको थियो । बेपत्ता भएको २१ दिनपछि सुवासको मृत्यु भएको परिवारले पुष्टि गरेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com