पहिरोले भूकम्पपिडितलाई पनि छाडेन , एकाघरका ३ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र ३, २०८१ सोमबार

जाजरकोटमा पहिरोमा प्ुरिएर ३ जनाको मृत्यु भएको छ । उनीहरु एकाघरका सदस्य रहेको बताइएको छ ।

नलगाड नगरपालिका–२ माझगाउँमा बिहान पहिरोमा परी स्थानीय ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उहाहरूका दुई वर्षीय छोरा शिभम परियारको मृत्यु भएको हो ।

भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा उहाँहरु बसेको नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिनुभयो ।

यसैगरी गएराती नै बझाङमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । ६ जनाले भागेर ज्यान बचाएका थिए ।

बुङ्गल नगरपालिका वडा नम्बर १० टुमेडाका बीरबहादुर धामीको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी तथा नातिनीहरु ६ वर्षकी आकृती र तीन वर्षकी लक्ष्मीको ज्यान गएको सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक डिल्ली विष्टले जानकारी गराउनु भएको हो ।

घरमा रहेका १० जना मध्ये ६ जनाले भागेर ज्यान जोगाएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com