एमाले मोडमा भएको गाडी दुर्घटनामा माओवादी नेताको ज्यान गयो


प्रकाशित मिति : भाद्र ३, २०८१ सोमबार

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्षको गाडी दुर्घटनामा ज्यान गएको छ । प्रहरीका अनुसार गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको हो ।

सोमबार दिउसो सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा घाइते हुनुभएका उपाध्यक्ष ३९ बर्षीय कार्कीको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

भेरीगंगा नगरपालिका–५, एमाले मोडमा दुर्घटना भएको उक्त गाडीमा सवार २१ जना घाइते भएका थिए ।

घाइते सबैलाई भेरी अस्पताल लगिएको थियो । कार्की नेकपा माओवादी केन्द्रको प्रदेश समिति सचिवालय सदस्य हुन्थ्यो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com