नेपालमा डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो , ३ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र ८, २०८१ शनिबार

नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । मृत्यु भएका डेंगु संक्रमितलाई अन्य रोग पनि लागेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले बताएको छ ।

ईडीसीडीका अनुसार ५ हजार ११९ जना संक्रमित भएका छन । ति मध्ये तीन जनाको मृत्यु भएको हो ।

तनहुँका सबैभन्दा धेरै १ हजार ४५ जनामा डेंगी संक्रमण देखिएको छ । देशभर ७७ मध्ये ७५ जिल्लामा डेंगी संक्रमण देखिएको छ ।

यो तथ्यांक माघ यताको रहेको इडीसीडीले जनाएको छ । सातै प्रदेशमा डेंगु फैलिएको छ ।

नेपालका ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । सरकारी तथ्यांक अनुसार हुम्ला र मुस्ताङ मात्रै डेंगु संक्रमणबाट सुरक्षित रहेको छ ।

डेंगु संक्रमण अझै बढ्न सक्ने भन्दै विज्ञहरुले सर्तकता अपनाउन आग्रह गरेका छन् । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले सर्ने गर्दछ ।

डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाव दिएका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com