रुसले मध्यरातमा सय बढी क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनी राष्ट्रपतिद्वारा निन्दा


प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार

रुसले युक्रेनमा सयबढी क्षेप्यास्त्र र एक सयकै हाराहारीमा ड्रोनसहित आक्रमण गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार रुसले रातभर र बिहानको आक्रमणको निन्दा गरेका छन्। उनले रुसी आक्रमणलाई ‘घृणित’ भन्दै यसमा विभिन्न प्रकारका १०० भन्दा बढी मिसाइल र ड्रोन समावेश भएको बताए ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणले युक्रेनको ऊर्जा क्षेत्रमा ‘महत्त्वपूर्ण क्षति’ पुगेको पनि पुष्टि गरेका छन् ।

रुसले सोमबार युक्रेनका ग्यास कम्प्रेसर स्टेशन र पावर सबस्टेसनमा आक्रमण गरेको रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । दुई युक्रेनी एयरपोर्टहरूमा पश्चिमी हतियार र गोलाबारुद स्टोरहरूमा पनि आक्रमण गरेको जनाइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com