यस्तो भयो न्युयोर्कमा नेपथ्यको लाइभ कन्सर्ट (फोटो फिचर)


प्रकाशित मिति : भाद्र १५, २०८१ शनिबार

प्रख्यात नेपाली लोक रक ब्यान्ड नेपथ्यले शुक्रबार न्यूयोर्कमा लाइभ प्रस्तुति दिंदा दर्शकहरु भरपुर झुमेका थिए । बहुप्रतीक्षित कन्सर्ट न्युयोर्कको म्यानहटन हेल्स किचनमा रहेको बहुचर्चित कार्यक्रमस्थल टर्मिनल ५ मा भएको हो ।

३ हजार क्षमता भएको उक्त कार्यक्रमस्थलमा उल्लेख्य संख्यामा उपस्थीत नेपाली दर्शकहरु ब्यान्डको चर्चित सांगीतिक प्रस्तुतीमा रमाए ।

नेपथ्यले अन्तिम पटक न्युयोर्कमा प्रदर्शन गरेको झण्डै १ दशक पुग्न लाग्दा यो कार्यक्रम गरेको हो । नेपथ्य ब्यान्ड आफ्नो गतिशील प्रदर्शन र रक म्युजिकसंग परम्परागत नेपाली लोक संगीतको मिश्रण गर्ने क्षमताको लागी परिचित छ।

कार्यक्रममा सहभागी सबै दर्शकहरुलाई ब्यान्डका प्रमुख गायक तथा संस्थापक अमृत गुरुङले स्वागत गरेका थिए ।

सन् १९९० मा गठन गरिएको नेपथ्य ब्याण्ड नेपाली संगीतमा एक महत्वपूर्ण अंग बनेको छ । रक संगीतसंग लोक परम्परा एकीकरण गर्नको लागी परिचित यो ब्यान्डले छेक्यो छेक्यो, रेशम र भेडाको उनजस्तो जस्ता धेरै हिट गीतहरू उत्पादन गरिसकेको छ ।

शुक्रबारको कार्यक्रम डीजे रिट इन्टरटेन्मेन्ट, इसेन्स स्माइल्स र याक एनवाईसी प्रोडक्सन्सले आयोजना गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com