अमेरिकामा एक महिनामा १ लाख ४२ हजारले जागिर पाए


प्रकाशित मिति : भाद्र २१, २०८१ शुक्रबार

अमेरिकामा एक महिनामा १ लाख ४२ हजारले रोजगार पाएका छन् । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै बेरोजगार दर घटेको तथ्याङ्कले देखाएको छ ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनले गत महिना १ लाख ४२ हजार रोजगारी सिर्जना गरेको थियो ।

तर जुलाईमा यो सङ्ख्या ८९ हजारमा सीमित थियो । श्रम विभागका अनुसार बेरोजगारी दरमा सामान्य अर्थात् ० दशमलव १ प्रतिशतले कमी आई ४ दशमलव २ प्रतिशत कायम भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com