चिनीको मूल्य घट्दा दुधको उत्पादन मूल्य नै बढेको एफएओको भनाई


प्रकाशित मिति : भाद्र २१, २०८१ शुक्रबार

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले खाद्य मूल्य सूचकाङ्क अगस्टमा स्थिर रहेको जनाएको छ ।

अघिल्लो महिनाको तुलनामा अगस्टमा चिनीको मूल्य विश्वव्यापीरूपमा घटेको छ । दुग्ध उत्पादनको मूल्य बढेको छ ।

दुग्धजन्य उत्पादनको उप–सूचकाङ्क जुलाईको तुलनामा अगस्टमा औसतमा २.२ प्रतिशतले र एक वर्ष अघिको तुलनामा १४.२ प्रतिशतले बढेको एफएओले जनाएको हो ।

यो वृद्धि उच्च आयात माग र युरोप र ओशिनियाका मुख्य दुग्ध उत्पादन गर्ने देशहरूमा सूचीको अभावको कारणले भएको हो ।

यो अवधिमा नौनी घ्यू (मक्खन) को मूल्य सबैभन्दा बढी बढेको र अहिलेसम्मको सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।

चिनीको मूल्य जुन जुलाईको तुलनामा ४.७ प्रतिशतले घटेको छ । भारत र थाइल्याण्डमा उत्पादनमा देखिएको वृद्धिका कारण मूल्यमा कमी आएको मानिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com