वेस्ट बैङ्कमा अमेरिकी नागरिकको गोली लागेर ज्यान गयो , छानबिन गर्न विदेशमन्त्रीको आग्रह


प्रकाशित मिति : भाद्र २१, २०८१ शुक्रबार

वेस्ट बैङ्कमा अमेरिकी नागरिकको गोली लागेर ज्यान गएको छ । प्यालेस्टिनी अस्पतालका एक अधिकारीले कब्जा गरिएको वेस्ट बैङ्कमा एक अमेरिकी नागरिकको टाउकोमा गोली लागेर मृत्यु भएको बताएका छन् । मृतक २६ बर्षिय आयसेनुर इज्गी एगी नाब्लस रहेको बताइएको छ ।

उनी संग अमेरिका र टर्कीको दोहोरो नागरिकता भएको फेला परेको छ । प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाका अनुसार मारिएका अभियन्ता गाजा पट्टीमा जारी युद्धसँगै पश्चिम किनारामा बढेको इजरायली बसोवासी हिंसाबाट किसानहरूलाई जोगाउन ‘फाजा’ नामक एक अभियानमा संलग्न हुनुहुन्थ्यो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा बन्दुकको गोली लागेर एक विदेशी नागरिकको मृत्यु भएको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ ।

प्रदर्शनमा संलग्न अन्य व्यक्तिहरूले इग्गीले अन्तर्राष्ट्रिय एकता आन्दोलनसँगको प्रदर्शनमा भाग लिएको यो पहिलो पटक भएको बताएका छन । अन्तर्राष्ट्रिय एकता आन्दोलन प्यालेस्टाइन समर्थक समूह हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले घटनालाई दुःखद भन्नुभएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कारबाहीलाई बर्बर को संज्ञा दिनुभएको छ ।

ह्वाइट हाउसले यस सम्बन्धमा कुनै आरोप लगाएको छैन । तर इजरायललाई यस विषयमा छानबिन गर्न भने आग्रह गरेको छ ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा अकस्मात गरेको आक्रमणपछि इजरायली सेना र स्थानीयबासीले वेस्ट बैङ्कमा कम्तीमा ६६१ जना प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com