अस्ट्रेलियाका पर्यटकीय स्थलहरू जलवायु परिवर्तनका कारण खतरामा


प्रकाशित मिति : भाद्र २४, २०८१ सोमबार

map of Australia

अस्ट्रेलियाका ६८ प्रतिशत पर्यटकीय स्थलहरूले जलवायु परिवर्तनबाट ठूलो जोखिमको सामना गर्नुपर्ने एक प्रतिवेदनले देखाएको छ ।

अस्ट्रेलियाको पर्यटन उद्योगका लागि पहिलो जलवायु जोखिम सूचकाङ्कमा राष्ट्रिय निकुञ्ज, सङ्ग्रहालय, विमानस्थल र समुद्र तटहरूसहित अस्ट्रेलियाको आधा पर्यटन सम्पत्तिहरू हाल आगलागी जस्ता जलवायु जोखिमहरूबाट संवेदनशील रहेको उल्लेख छ ।

जलवायु परिवर्तन जारी रहेकाले जोखिममा रहेका पर्यटकीय स्थलहरूको अनुपात ५५ देखि ६८ प्रतिशतसम्म पुग्ने प्रतिवेदनले जनाएको छ ।

चरम विश्वव्यापी तापक्रम परिदृश्यअन्तर्गत औसत तापक्रम पूर्व–औद्योगिकस्तर भन्दा तीन डिग्री सेल्सियसले बढ्दा अस्ट्रेलियाका ८० प्रतिशत पर्यटक स्थलले जोखिममा वृद्धि अनुभव गर्ने सूचकाङ्कले अनुमान गरेको छ ।

अस्ट्रेलियाका सबै ३१ व्यस्त विमानस्थलहरू तूफान र आँधीको जोखिममा रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

उत्तरपूर्वी राज्य क्विन्सल्यान्डमा ७९ प्रतिशत पर्यटन स्थलले उच्च जलवायु जोखिमको सामना गरिरहेको र ५२ प्रतिशत उच्च जोखिमको श्रेणीमा रहेका बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com