रुसले युक्रेनमा प्रतिबन्धित क्लस्टर बमको प्रयोग गरेको प्रतिबेदन सार्वजनिक


प्रकाशित मिति : भाद्र २४, २०८१ सोमबार

रुसले युद्ध सुरु गरेपछि युक्रेनमा क्लस्टर हतियारहरूबाट एक हजारभन्दा धेरै मानिस मारिएको पाइएको छ ।

निरीक्षण संस्थाले सबै मुलुकसँग क्लस्टर हतियारमाथि प्रतिबन्ध लगाउन आग्रह गरेको छ ।

सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो छिमेकी मुलुक युक्रेनमा पूर्णस्तरको आक्रमण सुरु गर्दा युक्रेनले विश्वमा सबैभन्दा बढी रेकर्ड गरिएको वार्षिक क्लस्टर हतियार हताहतको सङ्ख्या दर्ता गरेको क्लस्टर म्युनिसन कोलिसन (सिएमसी ) ले आफ्नो वार्षिक प्रतिवेदनमा भनेको छ ।

युक्रेनमा दुवै पक्षबाट क्लस्टर बमको प्रयोग गरिएको र युद्ध सुरु भएपछि हतियारबाट त्यहाँ एक हजारभन्दा बढी मानिस मारिएको वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा धेरै मृत्यु सन् २०२२ मा दर्ता भएको थियो । यद्यपि प्रतिवेदनले सन् २०२३ को आँकडा सम्भवतः नाटकीयरूपमा कम अनुमान गरिएको बताएको छ ।

मध्य हावामा विस्फोट गर्न वा व्यापक क्षेत्रमा बम छर्नुअघि क्लस्टर हतियारहरूलाई विमानबाट खसाउन सकिन्छ वा तोपखानाबाट प्रहार गर्न सकिन्छ ।

क्लस्टर हतियारले स्थायी खतरा निम्त्याउँछ किनकि धेरै क्लस्टर हतियार विस्फोट नहुन सक्छन् । प्रभावकारी रूपमा वर्षौंपछि विस्फोट हुने बारुदी सुरुङका रूपमा काम गर्दछ ।

रुस र युक्रेन जस्ता मुलुकहरूले क्लस्टर हतियारको प्रयोग, उत्पादन वा हस्तान्तरण गर्दा उनीहरूमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने अन्तर्राष्ट्रिय प्रयासलाई कमजोर बनाएको प्रतिवेदनमा बताइएको छ ।

क्लस्टर बमको प्रयोग, स्थानान्तरण, उत्पादन र भण्डारणमा प्रतिबन्ध लगाउने सन् २००८ को क्लस्टर युद्धक सम्झौताको पक्षमा रहेका एक सय १२ मुलुकमा यी दुबै मुलक छैनन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com