ह्यारिस र ट्रम्पबिचको टेलिभिजन बहस झण्डै ७ करोडले हेरे


प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति चुनावका उम्मेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिचको बहस झण्डै ७ करोड व्यक्तिले हेरेका छन ।

मंगलबार भएको टेलिभिजन बहस ६ करोड ७१ लाख व्यक्तिहरुले दर्शकका रुपमा हरेका थिए ।

निल्सनले बताए अनुसार राष्ट्रपति जो बाइडेन र ट्रम्पका बिचमा भएको बहस भन्दा मंगलबारको बहस ३१ प्रतिशतबढिले हेरेका देखिएको छ ।

निल्सनको तथ्याङकले सामाजिक सञ्जाल , बिभिन्न वेभसाइटहरु तथा स्ट्रिमिङ प्लेटफर्महरुमा हेरिएको संख्यालाई प्रतिनिधित्व गर्दैन । त्यसकारण यो संख्या अझै बढ्न सक्ने अनुमान लगाउन सकिन्छ ।

गएको जुनमा बाइडेन र ट्रम्पबिचमा पहिलो टेलिभिजन बहस भएको थियो । उक्त बहसमा कमजोर रुपमा प्रस्तुत भएपछि बाइडेनले चुनावी मैदान नै छोड्नुपर्ने अबस्था आएको थियो ।

बाइडेनले मैदान छाडेर कमला ह्यारिसलाई अगाडि सारेपछि मंगलबार पहिलो पटक ट्रम्प र ह्यारिस आमने सामने हुनुभएको हो । बहस हेर्नेहरु युवा र मध्ये उमेरका बढी थिए । १८ देखि ५४ बर्ष उमेरका ५० प्रतिशत भन्दा बढी व्यक्तिहरुले टेलिभिजन बहस हेरेका हुन ।

उनीहरु कमला ह्यारिसको उम्मेदवारी , प्रस्तुती र योजनाहरुलाई सुन्न उत्सुक देखिएका छन । ह्यारिस र ट्रम्पबिचको बहसलाई सन २०१६ मा हिलारी र ट्रम्पबिचको दोश्रो बहस र सन २०१२ मा मिट रोमनीसंग बाराक ओवामाको पहिलो बहससंग तुलना गरिएको छ । यसले अमेरिकीहरु आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनाव लागि उत्सुक छन भन्ने पनि देखाएको छ ।

बहस ९० मिनेट चलेको थियो । बहसका सुरुमा ह्यारिस आत्तिएको देखिएको थियो । तर दोश्रो प्रश्नदेखि आत्मबिश्वास बढाउदै ह्यारिस अन्तत ट्रम्पमाथी हावी भएको बिश्लेशकहरुले बताएका छन । मंगलबारको बहसपछि अब अर्को बहस हुने या नहुने अन्यौल छ । बहस भएपनि त्यसमा ट्रम्पको सहभागिता हुने या नहुने आशंका छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com