अमेरिकामा पूर्व सीआईए कर्मचारीलाई १० वर्षको जेल सजाय


प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार

अमेरिकामा चीनको जासुसी गर्ने एकजना पूर्व सीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

७१ वर्षीय अलेक्ज्याण्डर युक चिङ माले एफबीआई एजेन्टलाई गोप्य अमेरिकी सूचना चीनलाई बेचेको स्वीकार गरेपछि जेल सजाय सुनाइएको हो । उनी सन् २०२० को अगस्टमा पक्राउ परेका थिए ।

युक चिङ अमेरिकी नागरिक हुन् । उनको जन्म भने हङकङमा भएको थियो । उनले १९८२ मा र त्यसपछि १९८९ मा सिआइ मा र एफबिआईमा काम गरेका थिए ।

उक्त सजायमाथि बहस भएको थियो । जसमा अमेरिकी सरकारको तर्फबाट उपस्थित वकिलहरूले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएका थिए ।

युक चिङले आफन्त समेत रहेका सीआईएका एजेन्ट संग षड्यन्त्र गरेको अधिकारीहरुले आरोप लगाएका छन । सांघाई राज्य सुरक्षा ब्यूरोमा गुप्तचर अधिकारीहरूलाई उनले प्राप्त गरिरहेका गोप्य जानकारीहरु दिएको आरोप लगाइएको छ ।

संघीय अभियोजकहरूले रेकर्ड गरिएको भिडियोले गोप्य जानकारीको बदलामा उनले ५० हजार डलर प्राप्त गरेको पाइएको छ ।

हवाईमा रहँदा उनी सन् २००४ मा एफबीआईमा भर्ना भए । एफबीआईलाई उनको गतिविधिमा पहिले नै शंकाको घेरमा रहेको थियो । अभियोजकहरूले उनीहरूलाई अनुगमन गर्नका लागि काममा राखिएको बताएका छन् ।

समाचार एजेन्सी एपीका अनुसार युक चिङले गोप्य सुचना आफनै भाईलाई दिएका हुन । भाईको मृत्यु भइसकेको छ । एजेन्सीहरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com